कोशीमा सहमतीय सरकारको विकल्प छैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागिपरेको बताएका छन् ।

वर्तमान सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको उनको भनाइ छ ।

कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको कार्कीले बताए ।

नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहीबार मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

कोशी प्रदेशको विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने उनले उल्लेख गरे । कोशी प्रदेशमा देखिएको अहिलेको अवस्थाले पनि सबै दल एक ठाउँमा आउनु जरुरी रहेको उनको भनाइ थियो । 

मुख्यमन्त्री कार्कीले जसले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गर्यो, त्यो गुन आफूले नबिर्सने भन्दै यसअघिका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउने गरेको अभ्यासलाई पूरा गर्न आफू लागिपरेको बताए ।



उनले कोशी प्रदेश सरकार चाँडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने बताए ।
 



  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार २१:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया