दीपेन्द्र फर्किए टिममा, यूएईसँगको ‘निर्णायक’ म्याच खेल्ने

चोटका कारण समूह चरणको तीन खेल गुमाएका दीपेन्द्रसिंह ऐरीले सेमिफाइनल भने खेल्ने भएका छन् । उनी सन्दिप जोराको स्थानमा प्लेइङ ११ मा परेका हुन् ।

पहिलो खेलमा सिंगापुर विरुद्ध प्लेइङ ११ मा रहेका दीपेन्द्र खेलअघि वार्मअपका क्रममा घाइते भएपछि तीनवटै खेल गुमाएका थिए ।

आइसिसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनलमा नेपाली टिममा परिवर्तन भएसँगै दीपेन्द्रले युएईसँगको ‘निर्णायक’ म्याच खेल्ने भएका हुन् ।

आइसिसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत युएईले टस जितेर पहिले ब्याटिङ गर्दै छ । मूलपानी क्रिकेट ग्राउन्डमा युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको हो ।  





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार १०:५१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया