अहिले नाम मात्रैको लोकतन्त्र बन्यो, संसदीय व्यवस्था भने पनि सांसदका कुरा लागू हुँदैनन् : सिके राउत
फाइल तस्बिर

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरुले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए । उनले संसदीय व्यवस्था भनेपनि सांसदहरुले भनेका कुरा लागू नहुने गरेको बताए । उनले देश ३५ वर्ष यता तीन जना नेताहरुमै घुमिरहेकाले त्यसलार्य चिर्न आफूहरु आएको बताए । उनले जनताका गास, बास र कपास,शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरुमा रहेको बताए । 

अध्यक्ष राउतले जनताको भरोसालाई इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको बताए । उनले पार्टीलाई राष्ट्रव्यापी रुपमा बिस्तार गर्ने बताए । उनले आफू मन्त्री बन्नकै लागि पार्टी खोलेर राजनीतिमा नआएको बताए । 





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार ११:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया