टिकटक प्रतिबन्धको निर्णय निरंकुशताको बाटो : लिङ्देन

सरकारले गरेको टिकटक प्रतिबन्धको सर्वत्र आलोचना भएको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गरेको निर्णयले यतिबेला चर्चा पाइरहेको छ।

सरकारको यो कदमको सबैतिर आलोचना भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सो कदमको सवरोध गरेका छन् । उनले प्रजातन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको ध्वाँस दिनेहरुबाटै टिकटकमाथि प्रतिबन्ध लगाइएको टिप्पणी गरेका हुन्। 

 ‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला ध्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ,’उनले भनेका छन्, ‘यो निर्णय निरंकुशताको बाटो हो।’

कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेको औँल्याउँदै अध्यक्ष लिङ्देनले तर प्रतिबन्ध भने स्वीकार गर्न नसकिने बताएका छन्।

>





  • प्रकाशित मिति : कात्तिक २७, २०८० साेमबार २०:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया