सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप हुँदै

नेपाल कराते महासंघले सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना गर्ने भएको छ । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आगामी मंसिर १२ गते देखि १७ गतेसम्म एकेएफ रेफ्री सेमिनार र सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएको हो । 

महासंघले २५ वर्षपछि च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएको छ । ‘नेपालको इतिहासमा २५ वर्षपछि यस्तो प्रतियोगिता आयोजना गरिएको हो । यो एउटा करातेको विकासमा 
एउटा कोसेढुंगा हुन सक्छ ।’ नेपाल कराते महासंघले भनेको छ । 

च्याम्पियनसिपमा बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंकालगायत देशको सहभागिता रहने संघले जानकारी दिएको छ । 

आयोजकले सबै सहभागीका लागि एक बिदाइ रात्रिभोजसमेत आयोजना गर्नेछ । 





  • प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार २१:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया