भूकम्पपीडितका लागि टहरा निर्माणमा कांग्रेसले इन्जिनियर र डकर्मीसहित २५० जना स्वयंसेवक खटाउने

नेपाली कांग्रेसले भूकम्पपीडितका लागि एक हजार घर बनाउन इन्जिनियर र डकर्मीसहित २५० जना स्वयंसेवकको टोली प्रभावित क्षेत्र पठाएर श्रमदान गर्ने भएको छ ।

सोमबार बिहान धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । 

उनले भने, ‘जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय भएको छ । एउटा टोलीमा १० जनाका दरले स्वयंसेवक पठाउने निर्णय भएको छ ।’
चिसोका कारण भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो ।

प्रभावित क्षेत्रमा टहरा बनाउन पठाउने भनिएको प्रत्येक टोलीमा एकजना इन्जिनियर, एकजना डकर्मी र एकजना व्यवस्थापकसहित १० जना रहने विश्वकर्माले  जानकारी दिए । 

उक्त टोलीले सुत्केरी र वृद्धवृद्धा रहेका परिवारलाई प्राथमिकतामा राखेर टहरा निर्माण कार्य अगाडि बढाउने विश्वकर्माको भनाइ छ । 
चिसोका कारण अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०८० साेमबार १५:३६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया