नेपाली सेनामा ठूलो संख्यामा खुल्यो भर्ना

नेपाली सेनाले सैन्य र ट्रेड फलोअर्सको रिक्त विभिन्न स्थान पदपूर्तिका लागि दरखास्त मागेको छ । आज शुक्रबार सेनाले सूचना प्रकाशित गर्दै ती खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको छ । 

सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन् । उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गते भित्र आवेदन दिन सूचित गरिएको छ ।

यीमध्ये सबैभन्दा धेरै सैन्य पदमा ३ हजारको दरखास्त मागिएको छ । सबै पदमा गरेर करिब ४ सय भन्दा बढी पदमा दरखास्त दिन सूचित गरिएको छ ।

देशका आठवटै पृतनाका हेड क्वाटरलगायत अन्य २५ भर्ना केन्द्रमा दरखास्त दिन मिल्ने जनाइएको छ । सेनाले आफ्नो वेबसाइटबाट फाराम डाउनलोड गरेर भरेर सूचनामा उल्लेखित भर्ना केन्द्रहरूमा आफैं उपस्थित भएर बुझाउन सचेत गराइएको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार ९:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया