प्रधानसेनापतिको दौडमा उपरथी सिग्देल, रथीमा बढुवाका लागि सिफारिस

नेपाली सेनाको रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देल सिफारिस भएका छन् । 

सैनिक मुख्यालयमा शुक्रबार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो । सेनाले रथी सीताराम खड्काको अध्यक्षतामा बढुवा समिति गठन गरेको थियो । 

बलाधिकृतरथी सरोजप्रताप राणाले अवकाश पाएपछि उनको ठाउँमा वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, पाण्डेको उमेर विवादका कारण राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएपछि सिग्देलको बढुवा प्रक्रिया अघि बढेको हो ।

सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ । वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा अवकाश लिँदैछन् । उनको ठाउँमा अहिले रथी बढुवा हुने सैनिक अधिकृत सेनाको भावी प्रधानसेनापति नियुक्त हुने भएकाले यो पदलाई महत्वका साथ हेरिएको छ ।
  
 





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १८:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया