धावनमार्गमा स्याल आतंक, बुद्धको जहाज ओभरसुट

झापाको भद्रपुरमा अवतरण गर्न लागेको बुद्ध एयरको जहाजले ओभरसुट गर्नुपरेको छ । धावनमार्गमा स्याल देखिएपछि जहाज ओभरसुट गरिएको हो ।  

करिब ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीले जानकारी दिए । 

धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको हो । 
‘धावनमार्गबाट स्याल धपाएर मात्रै नर्मल अवतरण गराइएको थियो । 

जंगली जनावरको बढी गतिविधि हुने भएकाले भद्रपुरविमानस्थलमा जहाज उडान अवतरणमा बेलाबेलामा समस्या आउने गर्छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार २०:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया