उर्लाबारी आगलागी : मृतकको संख्या पाँच पुग्यो

मोरङको उर्लाबारीमा लक्ष्मी पूजाको राति एक सुन पसलमा आगलागी हुँदा नियन्त्रणका क्रममा घाइते भएका मध्ये पाँच जनाको मृत्यु भएको छ ।

गएराति राति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ४३ वर्षीय रामनरेश मरिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

धनुषास्थित जानकीनन्दनी गाँउपालिका घर भएका मरिता आगलागी नियन्त्रणका क्रममा गम्भीर घाइते भएका थिए । उर्लाबारी नगरपालिकाको बरगाछीमा रहेको सुनचाँदीको पसलमा आगलागी भएको थियो । 

सोहीक्रममा घाइते भएर उपचारका लागि काठमाडौं ल्याइएका घरधनी ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।  





  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार ८:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया