रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलाम–५ का गंगाराज मोक्तान रहेका छन् ।​ 

दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार उनीहरूको गत १५ नोभेम्बर (२९ कात्तिक) गते मृत्यु भएको हो । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो । ​  

उनीहरूको गत २९ कात्तिक भाइटीकाका दिन एकैसाथ मृत्यु भए पनि परिवारले दुई सातापछि मात्रै खबर पाएका हुन् । 

स्याङ्जाका कार्की नेपाली सेनाबाट निवृत्त भएका सैनिक हुन् । दोलखाका रोक्का भने केही वर्षअघिसम्म सशस्त्र प्रहरीमा कार्यरत रहेका थिए । उनले अवधि नपुग्दै सशस्त्र प्रहरीबाट राजीनामा दिएका थिए । 





  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार ७:२९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया