दोलखामा बन्दुकको छर्रा लागेर युवकको मृत्यु, सँगै सिकार खेल्न गएका ६ जना पक्राउ
फाइल तस्बिर

दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्रा लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जीव सार्की रहेका छन् । 

उनले बोकेको भरुवा बन्दुक आफैं फायर हुँदा सार्कीको देब्रे छातीमा छर्राले लागेको थियो । घाइते भएका सञ्जीवलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल ल्याइएको थियो । 

अस्पताल भर्नालगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ । सञ्जीवको मृत्यु भएको घटना सार्वजनिक भएपछि उनीसँगै सिकार खेल्न गएका स्थानीय ६ जना पक्राउ परेका छन् ।  

पक्राउपर्नेमा तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुङ्ग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जीव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्की रहेका छन् । 





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १०:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया