चार दिनअघि विद्यार्थी भिसामा बेलायत पुगेकी नेपाली युवतीको निधन

चार दिनअघि मात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी एक नेपाली युुवतीको निधन भएको छ। स्याङ्जा बिरुवा–४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो। 

उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेकी थिइन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो। 

भर्ना गरिएकै दिन उनको निधन भएको गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। 





  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार २३:२३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया