बलिउड अभिनेता जुनियर महमूदको निधन

बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ । चार दशकसम्म हिन्दी सिनेमामा आफ्नो अभिनय देखाइरहेका अभिनेता जुनियर मेहमूदको ६७ वर्षको उमेरमा निधन भएको हो ।

केही समयअघि अभिनेता चौथो स्टेजको क्यान्सरबाट पीडित भएको खुलासा भएको थियो । 

अभिनेताको निधनले चलचित्र जगत शोकमा डुबेको छ । एएनआईका अनुसार जुनियर महमूदको मृत्युको पुष्टि उनका एक साथीले गरेका छन् । उनको आज दिउँसो प्रार्थनापछि सान्ताक्रूजको चिहानमा अन्तिम संस्कार गरिने छ ।

उनले फिल्मसँगै टेलिशृंखलामा समेत अभिनय गरेका छन्। उनले सन् १९६७ मा संजीव कुमारको फिल्म 'नौनिहाल' बाट डेब्यू गरेका थिए। त्यतिबेला उनी ११ वर्षका थिए। 





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार १३:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया