लुटनविरुद्ध सिटीको पुनरागमन जित, चेल्सी एभर्टनसँग स्तब्ध

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली लुटन टाउनविरुद्ध २–१ को पुनरागमन जित दर्ता गरेको छ । गएराति केनिलवर्थ रोड रंगशालामा भएको खेलमा सिटीको जितमा बेर्नार्डो सिल्भा र ज्याक ग्रेलिशले एक/एक गोल गरे ।  

लुटनका लागि इमिजाह एडेबायोको नाममा एक गोल रह्यो । पहिलो हाफको इन्जुरी समयमा एडेबायोले गोल गर्दै लुटनलाई सुरुवाती अग्रता दिलाए । उनले एन्ड्रोस टाउनसेन्डको पासमा गोल गरेका थिए । 

पहिलो हाफमा एक गोललेपछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्‍याे । उसले  खेलको ६२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो । सिटीका लागि पहिलो गोल सिल्भाले गरे । 

६५औँ मिनेटमा जुलियन अल्भारेजको पासलाई पोस्टको दिशा दिँदै ज्याक ग्रेलिशले सिटीलाई २–१ ले जिताए । यो जितपछि १६ खेलमा ३३ अंक जोडेको सिटी चौथो स्थानमा छ । पराजित लुटन समान खेलबाट ९ अंकका साथ १८औँ स्थानमा छ ।  

गएराति नै भएको खेलमा चेल्सीले एभर्टनसँग २–० को हार बेहोर्‍यो । एभर्टनको जितमा अब्दुलाए डोकोरे र लुइस डोबिनले गोल गरे । जितपछि एभर्टन १६ खेलमा १३ अंकसहित १७औँ स्थानमा छ । 



पराजित चेल्सी १६ खेलमा १९ अंकसहित १२औँ स्थानमा छ ।  




  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार ७:९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया