आइपिएल अक्सनको अन्तिम सूचीमा परेनन् नेपाली खेलाडी
फाइल तस्बिर

आउँदो संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा अन्तिम सूचीमा कुनै पनि खेलाडी अटाएका छैनन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले सार्वजनिक गरेको अन्तिम सर्टलिस्टमा कुनै पनि नेपाली नअटाएका हुन् ।  

यसपालि आइपिएल अक्सनबाट नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने अनुबन्ध हुने धेरैको अनुमान थियो । तर, उनीहरू अक्सनको सूचीमै समावेश भएनन् । 

यसपटक आइपिएलले एसोसिएट क्रिकेटबाट नेदरल्याण्ड्सका पउल भान मर्केन र नामिबियाका डेविड भिसेलाई मात्र अक्सन सूचीमा समावेश गरेको छ । आइपिएल २०२४ का लागि आगामी १९ डिसेम्बरमा दुबईमा अक्सन हुँदैछ । जसबाट ३० विदेशी खेलाडी विभिन्न टिममा अनुबन्ध हुनेछन् ।  

आसन्न आइपिएल अक्सनका लागि ३ सय ३३ खेलाडी अन्तिम सूचीमा परेका छन् । जसमा २ सय १४ भारतीय र १ सय १९ विदेशी खेलाडी छन् ।  





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार ७:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया