उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

मन्त्रिपरिषद् बैठकले बिहीबार एउटा कार्य योजना स्वीकृत गर्ने निर्णय गरेको छ भने दुई कर्मचारीलाई बढुवाको निर्णय गरेको छ । बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। 

सरकारको यो निर्णयसँगै सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना बढेको छ । त्यस्तै नेपाल परराष्ट्र सेवा समूहीकरण विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने पनि निर्णय गरेको छ । 

बैठकले सरकारले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्य योजना २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषदको बैठकले उक्त कार्य योजना स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन । 
 





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार १७:४५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया