अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सिटी
फाइल तस्बिर

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अन्तिम समयमा गोल खाँदा बराबरीमा चित्त बुझाएको छ । २४ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै अग्रता दिलाएका थिए । उनले फिल फोडेनको पासमा गोल गरे । 

५४ औं मिनेटमा रिको लेविसले गोल गरेपछि सिटी २–० को सहज अवस्थामा पुगेको थियो । तर, ७६ औं मिनेटमा क्रिष्टलले पहिलो गोल फर्कायो । 

उसका लागि जिन फिलिपे माटेटाले गोल गरेका थिए । दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा सिटीका खेलाडीले फल गरेपछि क्रिष्टलले पेनाल्टी पाएको थियो । 

उक्त पेनाल्टीलाई मिचेल ओलिसेले गोलमा परिणत गर्दै सिटीबाट महत्वपूर्ण १ अंक दिलाए । 

यो नतिजापछि सिटी १७ खेलमा ३४ अंकसहित तालिकाको चौथो स्थानामा छ भने क्रिष्टल १७ खेलबाट १७ अंकसहित १५ औं स्थानमा छ ।  
 






  • प्रकाशित मिति : पुस १, २०८० आइतबार ९:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया