म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा जापानिज क्लब उरावा रड डाइमन्ड्सलाई ३–० गोल अन्तरले हराउँदै सिटीले फाइनलमा स्थान पक्का गरेको हो ।

साउदी अरबको जद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा म्यानचेस्टरलाई फाइनलमा पुर्‍याउन माटियो कोभासिस र बर्नाडो सिल्भाले एक एक गोल गरे ।   

१ गोल भने सिटीले उपहारस्वरूप पायो । सिटीले पहिलो गोल नै उपहार पाएको हो । पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा उरावाका मारुस क्रिष्टोफरले आफ्नै पोस्टमा गोल गरेका थिए । 

५२ औँ मिनेटमा कोभासिसले अग्रता दोब्बर बनाए । उनले केइल वाल्करको पासमा गोल गरेका थिए । ​यसैगरी ५९औँ मिनेटमा सिल्भाले गोल गरेपछि म्यानचेस्टर सिटी ३–० को सहज जितका साथ क्लब विश्वकपको फाइनलमा पुग्न सफल भयो ।

सिटीले अब शुक्रबार ब्राजिलियन क्ल्ब फ्लुमिनेन्ससँग खेल्नेछ ।






  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार ८:३६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया