नेपाली बजारमा तोलामै एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुन तोलामै १ हजार रुपैयाँले वृद्धि भएको छ । मंगलबार छापावाल सुन १ लाख १८ हजारमा कारोबार भएकोमा आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको छ । 

हिजो १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १८ हजार ४५० रुपैयाँमा पुगेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६५ रुपैयाँ कायम भएको महासंले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ४, २०८० बुधबार ११:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया