माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला पुनः नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ‘सिइओ’मा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि सिइओमा निरन्तरता दिने निर्णय गरेको हो ।

कोइरालाले साढे २ दशकभन्दा लामो बैंकिङ करिअरको अनुभव बटुलिसकेका छन् । छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा उनी परिचित छन् । 

उनको पहिलो कार्यकालमा माछापुच्छ्रेको वित्तीय सूचकांकमा उल्लेख्य सुधार भएको बताइएको छ । 





  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार १७:१२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया