जाडो मौसममा बालबालिकालाई कस्ता खानेकुरा दिने ? यस्ता छन् पोषणविद्का सुझाव

जाडो मौसमले धेरैलाई सताउँछ । यस मौसममा चिसोले समात्छ भनेर धेरैले बालबालिकाको कपडामा मात्र ध्यान दिएको पाइन्छ ।

बालबालिकालाई चिसोबाट बचाउन कपडा मात्र पर्याप्त हुँदैन । त्यसका अलावा उनीहरूको खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।  

जाडोको मौसममा आफ्ना बालबालिकालाई यस्ता खानेकुरा खुवाउनुपर्छ, जसले शरीरलाई तातो राख्छ । जसले गर्दा शरीरलाई रोगबाट टाढा राख्छ ।

चाडोमा बालबालिकालाई कस्ता खानेकुरा खुवाउने ?

– बालबालिकालाई हरियो सागसब्जी खुवाउनुपर्छ । बालबालिकालाई सागसब्जी मन पर्दैन भने अन्य खानेकुरामा मिसाएर खुवाउनुपर्छ । 

– चिसो मौसममा बालबालिकालाई सकेसम्म चिसो खानेकुरादेखि टाढा राख्नुपर्छ । बालबालिकाहरूले चिसो मौसममा आइसक्रिम, दही खानेकुरा खान जिद्दी गर्न सक्छन् । तर, उनीहरूलाई त्यस्ता खानेकुरा दिनुहुँदैन । चिसोबाट जोगाउन उनीहरूलाई चिसो खानेकुराबाट टाढा राख्न एकदमै जरुरी हुन्छ । 



– चिसो मौसममा बालबालिकालाई तातो झोलिलो खान दिनुपर्छ । उनीहरूलाई दाल, गेडागुडी, माछा तथा मासुको झोल खुवाउनुपर्छ । 

– बालबालिकालाई चाँडै चिसोले समात्ने भएकाले खानेकुरा पकाउने बित्तिकै तातो–तातो खाइहाल्नुपर्छ । 



– हिजोआज प्रशस्त मात्रामा सुन्तला पाइने भएकाले बालबालिकालाई सुन्तला खुवाउनुपर्छ । सुन्तला भिटामिन सीले भरिपूर्ण फल हो । यसको सेवनले बालिबालिकामा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । 

– ओखर, बदाम–जाडो महिनामा मात्रै नभइ सधैं खजुर, बदाम, ओखर, नेपाली बदाम, छोकडा, स्वस्थ्यवर्द्धक खानेकुरा हुन् । शारीरिक वृत्ति विकास, इन्सुलिनको मात्रा मिलाउन, मष्तिष्क बलियो बनाउन, मुटु स्वस्थ राख्न, स्मरण शक्ति बढाउन, बालबालिकाको सम्पूर्ण विकासको लागि यी खानेकुरा अति नै उपयोगी हुन्छन् । त्यसैले बालबालिकालाई मात्रा मिलाएर यस्ता खानेकुरा खुवाउनु पर्छ ।  

– जाडो मौसममा बच्चालाई हरेक दिन एउटा उमालेको अण्डा खुवाउनुपर्छ ।  यसले शरीरलाई न्यानो राख्नुका साथै ऊर्जा र पोषक तत्व पनि दिन्छ । उमालेको अण्डाबाहेक अम्लेट बनाएर पनि बच्चालाई खुवाउन सकिन्छ ।

– लगभग हरेक बच्चालाई गाजर मन पर्छ । बालबालिकालाई गाजरको हलुवा, तरकारीको रूपमा खुवाउन सकिन्छ । गाजरमा पाइने भिटामिन ‘ए’ ले बच्चाहरूलाई स्वस्थ राख्छ र इन्फेक्सन–एलर्जीबाट पनि बचाउँछ । 

  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार ७:३८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया