फराकिलो जितका साथ म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा

म्यानचेस्टर सिटी एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सिटीले हडल्सफिल्ड टाउनलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणको यात्रा तय गरेको हो ।

घरेलु मैदान इथियाड स्टेडियममा सिटीका खेलाडीले ४ गोल गर्दा १ गोल उपहार पाएको थियो । जसमा फिल फोडेनले २ गोल गर्दा जुलियन अल्भारेज र जेमी डोकूले एक–एक गोल गरे ।  

खेल सुरु भएको ३३ औं मिनेटमा अल्भारेजको पासमा फोडेनले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाए । ३७ औं मिनेटमा रिको लेविसको पासमा अल्भारेजले गोल गरेपछि सिटीको अग्रता दोब्बर भएको थियो । ५८ औं मिनेटमा हडल्सफिल्डबाट सिटीले उपहार गोल पायो । 

हडल्सफिल्डका वेन ज्याकसनले आफ्नै पोस्टमा गोल गरेपछि सिटी ३–० ले अघि बढ्यो । ६५ औं मिनेटमा फिल फोडेनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । ७४ औं मिनेटमा जेमी डोकूले गोल गर्दै सिटीलाई ५–० को सहज अवस्थामा लगेका थिए । 

त्यसपछि थप गोल नभएपछि सिटीले फराकिलो जित निकाल्दै एफ ए कपको चौथो चरणमा स्थान पक्का गर्न सफल भयो ।
 






  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार ७:४०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया