लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔँ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन् । 

शनिबार नेपाल हस्तकला महासंघको ४३औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताउँदै अध्यक्ष ढकालले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसाबको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए । 

व्यवसायीहरुलाई प्रत्येक दुई/दुई वर्षमा सिआइपी दिने गरेको भए पनि लबिङ गर्न नै एक वर्षको समय जाने गरेको उनले गुनासो गरे । उनले भने, ‘अहिले लगानी सम्मेलन जुन वैशाखमा आयोजना भइरहेको छ । त्यसमा एउटा कमिटी पनि गठन भएको छ । कतिपय हाम्रा नीतिगत समस्याहरुलाई कसरी हटाउने भनेर प्रत्येक हप्तामा दुई तीन वटा बैठक बसेर यसको काम पनि अघि बढेको छ । यसले आन्तरिक र बाह्य लगानीलाई मद्दत पुग्छ ।'

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेको समस्याहरुलाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताए । उनले एकद्वार सर्भिस छ भने पनि हुने नगरेको गुनासो गरे । उनले छिटोभन्दा छिटो निर्यात प्रवद्र्धनका लागि अनलाइन गेटवे खोलेर सीधै उद्यमीले विदेशमा निर्यात हुने सामग्रीको रकम सीधा आफ्नै खातामा आउने सरकारी व्यवस्था गर्नुपर्ने बताए । नेपालको अहिलेको आयात निर्यात भन्दा नाै गुणा बढी रहेकाले सरकारले निर्यात प्रवद्र्धन गर्नुपर्ने उनले बताए । 

‘हाम्रो निर्यातमा विभिन्न किसिमको समस्या छ । एकद्वार सर्भिस भन्छ, हुने गरेको छैन । छिटोभन्दा छिटो एक्सपोर्ट प्रमोसनका लागि हामीले अनलाइन गेटवे खोलेर सीधै उद्यमीले विदेशमा निर्यात हुने सानासाना रुपमा पनि निर्यात गर्नसक्ने र त्यसको डलर सीधा आफ्नै खातामा आउने सरकारी व्यवस्था हुनुपर्छ,'उनले भने, 'यसमा राष्ट्र बैंकले सहज गर्नुपर्छ । हाम्रोमा निर्यात भन्दा आयात नाै गुणा बढी छ । निर्यात प्रवद्र्धन गर्नैपर्छ ।'

अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमूलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताए । निर्यात प्रवद्र्धनमा एकद्वार प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए । 





  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार २३:११:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया