प्रिमियर लिगमा न्युक्यासलविरुद्ध सिटीको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई हराएको छ । शनिबार राति भएको खेलमा सिटीले न्युक्यासललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । 

सिटीको सिजतमा बर्नान्डो सिल्भा, केभीन डी ब्रुएन र ओस्कार बोबले एक/एक गोल गरे । न्यूक्यासलका लागि एलेक्जेन्डर इसक र एन्थोनी गोर्डनले एक/एक गोल फर्काए ।

न्यूक्यासलको मैदानमा सिटीले २६ औं मिनेटमा केइल वाल्करको पासमा सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा ब्रुनो गुमिरेजको पासमा इसकले गोल गर्दै न्यूक्यासललाई बराबरीमा लए । ३७ औं मिनेटमा डान ब्रुनको पासमा गोर्डनले गोल गरेपछि पहिलो हाफमा न्यूक्यासलले २–१ को अग्रता बनायो ।

सिटीले बराबरी गोल गर्न ७४ औं मिनेट कुर्नु परेको थियो । रोड्रीको पासमा ब्रुएनले गोल गर्दै बराबरी गरेका थिए । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिटीको ब्रुएनको पासमा बोबले गोल गरेपछि अन्ततः सिटी ३–२ को जित निकाल्दै तालिकामा स्पष्ट ३ अंक लिन सफल भयो । 

जितसँगै सिटी २० खेलबाट ४३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । पराजित भएको न्यूक्यासल युनाइटेड २१ खेलबाट २९ अंकका साथ तालिकाको १० औं स्थानमा छ । प्रियिमर लिगमा लिभरपुल २० खेलबाट ४५ अंकका साथ शीर्ष स्थानमा छ । 






  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार ८:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया