कोदो आयातमा करोडौँ लगानी : कृषिप्रधान देशमा छैन पर्याप्त उब्जनी
बहुगुणी कोदो : उहिले हुँदा खानेको, अहिले हुनेखानेको रोजाइमा

नेपालको चौथो मुख्य र पहाडी क्षेत्रको मकै पछिको दोस्रो मुख्य बाली हो, कोदो । यसलाई गरिबको खाना पनि भन्ने गरिन्छ । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने बहुगुणी कोदोको उत्पादन भने घट्दो रहेको छ । कृषिप्रधान देश नेपालमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनि कोदो उत्पादन घट्दै गएको हो । 

कोदो एउटा त्यस्तो बाली हो, जुन नेपालका ७७ वटै जिल्लामा खेती गरिन्छ । सबैभन्दा बढी खेती हुने जिल्लामा खोटाङ, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा, मकवानपुर र सिन्धुली पर्दछन् । तर, पछिल्लो समय कोदोको पौष्टिक महत्वबारे जनचेतना कम हुनु र कोदोबालीलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक हुँदा कोदो उत्पादनमा कमी आएको विज्ञको भनाइ छ । 

साथै, सर्वसाधारण पहाडी क्षेत्रबाट बसाइँ सर्ने क्रम बढ्दै जाँदा कोदो उत्पादन हुने अधिकांश जग्गा बाँझै रहन थालेको छ । यसरी पहाडी क्षेत्रमा जमिन बाँझो हुँदा कोदोको माग धान्न नसकेर आयात गर्नुपर्ने बाध्यता छ । कृषिप्रधान देश नेपालमा बर्सेनि करोडौँको कोदो आयात भइरहेको छ । कोदो आयातको ग्राफ बढ्दो छ । 

भाते संस्कृतिले मान्यता पाएको हाम्रो समाजमा कोदोको महत्वबारे ज्ञान पाउँदै गएकाले पनि पछिल्लो समय कोदोको माग बढ्न थालेको राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक कृष्णहरि घिमिरे बताउँछन् । आन्तरिक माग बढ्दै गए पनि नेपालले कोदोको उत्पादन भने बढाउन सकेको छैन । जसले गर्दा कोदोमा पनि नेपाल परनिर्भर छ । कम मलिलो तथा सुक्खा जग्गामा पनि खेती गर्न मिल्ने कोदो स्वास्थ्यको लागि पनि निकै लाभदायक मानिन्छ । 

मानिसका लागि अत्यावश्यक आइरन र अन्य भिटामिन कोदोमा पाइन्छ । विशेषतः आइरन चक्की खाने गर्भवती महिलाका लागि त्यसको विकल्पमा कोदोका परिकार बहुउपयोगी मानिन्छ । कोदोका परिकार बनाउन सर्वसाधारणलाई अभिप्रेरित गर्दै मध्य एवं उच्च पहाडी क्षेत्रमा यसको खेतीमा आकर्षण बढाउन सके उत्पादनमा वृद्धि हुने देखिन्छ ।



योसँगै अरू के–कस्ता काम गर्न जरुरी देखिन्छ ? नेपाल कोदो उत्पादन बढाउनमा कहाँ चुक्यो ? कोदोको महिमा र यस क्षेत्रमा देखिएका चुनौतीका विषयमा केन्द्रित रहेर फरकधार लागि रेखा श्रेष्ठले राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक कृष्णहरि घिमिरेसँग गरेको कुराकानी :

 



  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार १९:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया