प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेको छ । योसँगै सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ १, २०८० साेमबार १२:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया