साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको २२औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । 

कम्पनी सचिव अनिल जोशीले सभामा अध्यक्षको प्रस्ताव सभामा पारित गर्न प्रस्तुत गरेका थिए । लघुवित्तले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाखको १४ दशमलव २५ प्रतिशतले हुने ४७ करोड ४७ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश २ करोड ४९ लाख गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम ४९ करोड ९७ लाख रुपैयाँ वितरणका लागि गरिएको प्रस्ताव प्रस्तुत गरेको थियो । सचिव जोशीले बोनस शेयर पारित भएसँगै लघुवित्तको कुल चुक्ता शेयर रकम ३ अर्ब ८० करोड रुपैयाँ पुगेको बताए । 

त्यस्तै, संस्थाको २२औँ वार्षिक साधारणले नयाँ सञ्चालकमा ६ जना निर्वाचित गरेको छ । नयाँ सञ्चालकमा खेमबहादुर पाठक, डा. बाबुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भीमप्रसाद पन्त संस्थाको नयाँ सञ्चालक समितिमा निर्वाचित भएका हुन् । 





  • प्रकाशित मिति : माघ १, २०८० साेमबार १३:४८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया