पाकिस्तानविरुद्ध एलनको कीर्तिमानी शतक, हिर्काए १६ छक्का

न्यूजिल्याण्ड क्रिकेट टिमका ओपनिङ ब्याटर फिन एलनले पाकिस्तानसँगको टी–२० आई सिरिजको तेस्रो खेलमा कीर्तिमानी शतकीय इनिङ खेलेका छन् । उनले ६२ बलमा १६ छक्का र ५ चौकासहित १३७ रनको शतकीय इनिङ खेलेका हुन् ।  

योसँगै २४ वर्षीय​ एलेनले इतिहास रचे । उनी अब न्यूजिल्याण्डको टिमबाट टी–२० आईमा उच्च स्कोर बनाउने ब्याटर बने । यस फर्म्याटमा एलेनको यो दोस्रो शतक हो ।

साथै, उनले यस खेलमा एक इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने मामलामा अफगानिस्तानका हजरतुल्लाह जाजईको कीर्तिमान बराबर गरे । जाजई​ले सन् २०१९ मा आयरल्याण्डविरुद्ध १६ छक्का हिर्काएका थिए । 

एलेनकै सानदार ब्याटिङको मद्दतमा न्यूजिल्याण्डले पाकिस्तानलाई २ सय २५ रनको विशाल लक्ष्य दिएको छ । सिरिजको पहिलो र दोस्रो खेलमा न्यूजिल्याण्ड क्रमशः ४६ र २१ रनले विजयी भएको थियो । पाँच खेलको सिरिजमा जीवित रहन पाकिस्तानले आजको खेल जित्नैपर्ने समीकरण बनेको छ । 
 





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार ७:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया