यस्ता खानेकुराले भगाउँछ अनिद्राको समस्या

जीवनशैलीमा आएको परिवर्तनका कारण हिजोआज धेरै जनालाई निद्रा नलाग्ने समस्या देखा परिरहेको छ । अनिद्रा स्वास्थ्यका लागि गम्भीर समस्या मानिन्छ । अनिद्रालाई पनि धेरै रोगको लागि एक उत्तेजक कारकको रूपमा रहेको अध्ययनमा रिपोर्ट गरिएको छ । 

रातको राम्रो निद्रामा कठिनाइ भएका व्यक्तिहरूलाई हृदयरोग, मधुमेह, र कमजोर प्रतिरक्षा प्रणालीको उच्च जोखिम हुन्छ । यही कारणले गर्दा सबै मानिसलाई हरेक रात ६–८ घण्टा निर्वाध सुत्न सिफारिस गरिन्छ । तर, कतिपयका लागि यो निकै कठिन हुने गरेको छ । 

स्वास्थ्य विज्ञका अनुसार निद्रा​ नलाग्नुका धेरै कारण हुन सक्छन् । कतिपय प्रकारका स्वास्थ्य समस्या र केही औषधिको अत्यधिक सेवनले पनि निद्रामा बाधा पुग्न सक्छ । सामान्यतः निद्रा नलाग्ने समस्यालाई मेलाटोनिन नामक हर्मोनका कारण हुने समस्या भनिन्छ । यो हर्मोनले सुत्ने/ब्यूँझने चक्रलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

मेलाटोनिन एक हर्मोन हो जुन तपाईँको मस्तिष्कले अँध्यारोको प्रतिक्रियामा उत्पादन गर्दछ । यसले मानिसको सर्काडियन लय कायम राख्न र राम्रो निद्रा प्राप्त गर्न मद्दत गर्दछ । राति प्रकाशमा एक्सपोजरले मेलाटोनिनको उत्पादनलाई रोक्न सक्छ ।

विभिन्न अनुसन्धानले सुझाव दिन्छ कि मेलाटोनिन निद्राबाहेक शरीरमा अन्य धेरै महत्वपूर्ण कार्यको लागि जिम्मेवार मानिन्छ । जानौँ कि कस्तो प्रकारको आहारको सेवनले मेलाटोनिन हर्मोन बढाउन सकिन्छ ?

माछा 



निद्रामा समस्या हुने वा मेलाटोनिनको कमी भएका व्यक्तिका लागि माछाको सेवन धेरै लाभदायक हुन सक्छ । साल्मन र सार्डिनजस्ता तैलीय माछामा ओमेगा–३ फ्याटी एसिडसहित धेरै पोषक तत्व हुन्छन् । जसले हर्मोन मेलाटोनिनको उत्पादन बढाउन मद्दत गर्दछ । र, शरीरलाई स्वस्थ राख्न माछाको सेवन लाभदायक रहेको अध्ययनमा उल्लेख गरिएको छ ।

दूध 



दूधलाई क्याल्सियमको उत्तम स्रोत मानिन्छ । यसले हड्डीलाई स्वस्थ राख्छ । दूध पिउनाले राम्रो निद्रामा मद्दत पुग्छ । गाईको दूधमा मेलाटोनिनको प्रचुर स्रोत हुने अध्ययनले पत्ता लगाएको छ । जसले राम्रो निद्रामा मद्दत गर्न सक्छ । यसबाट अधिकतम लाभ लिनको लागि दूधमा बेसार मिसाएर सेवन गर्दा बढी फाइदा हुने विभिन्न अध्ययनमा उल्लेख छ । 

सुक्खा फल 

ओखर समग्र शारीरिक र मानसिक स्वास्थ्य कायम राख्न सहयोगी मानिन्छ । बदाम र पेस्ताजस्ता ड्राई फ्रुट्समा मेलाटोनिन प्रचुर मात्रामा पाइन्छ । यसमा म्याग्नेसियमको राम्रो मात्रा पनि हुन्छ । त्यसैले सुक्खा फललाई निद्राका लागि लाभदायक मानिन्छ । सुक्खा फलफूललाई शारीरिक र मानसिक दुवै स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । 

(एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री ।)

  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १२:१२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया