राजेन्द्र लिङ्देन भन्छन्– ‘हिन्दु अधिराज्य र राजा स्वीकार्ने भए कांग्रेसको भाइ भएर हिँड्न तयार छाैँ’
‘क्षेत्री, बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो’
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले क्षेत्री र बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा धर्म निरपेक्ष आउनुमा कम्युनिष्ट, कांग्रेसलगायतका पार्टी र नेताभन्दा बढी दोषी बाहुन क्षेत्री र हिन्दु भन्ने नै रहेको जिकिर गरेका हुन् । 

लिङ्देलले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए । उनले धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने जिकिर गरे ।  

अध्यक्ष लिङ्देनले नेपालमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चाहेर मात्रै धर्म निरपेक्षता नआएको बताए । उनले धर्म निरपेक्ष बनाउन दाहालभन्दा बढी दोषी कांग्रेस रहेको बताए । उनले हिन्दु अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए कांग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको पनि बताए ।  

अध्यक्ष लिङ्देनले राप्रपालाई समान व्यवहार गर्नेसँग आफू मिलेर जानेसमेत बताए । 





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार ७:५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया