जाडोयाममा बालबालिकालाई कसरी स्वस्थ राख्ने ? यस्ता छन् उपाय
फाइल तस्बिर

जाडोमा बालबालिकाको स्याहारमा विशेष जोड दिनुपर्छ । किनभने यो याममा मौसम अत्यधिक चिसो हुने भएकाले बालबालिकाले विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुनसक्छ । 

विशेषगरी, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूमा यस समय विभिन्न भाइरसको संक्रमण देखिन्छ । जसकारण ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, जिउ दुख्नेलगायत समस्या देखिन्छन् । जाडोयाममा बालबालिकालाई ज्वरो र सुक्खा खोकीले सताइरहेको देखिन्छ  । 

भाइरल इन्फ्लुएन्जाका कारण बच्चामा अचानक ज्वरो आउने, टाउको दुख्ने, निरन्तर खोकी लाग्ने, छाती दुख्ने, शरीर दुख्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्नेलगायत लक्षण देखिन्छन् । सुरुमा रुघाखोकी लाग्छ  । तर, यसलाई बेवास्ता गर्दा टाइफाइड, निमोनियालगायत समस्या देखिने जोखिम पनि रहन्छ  । त्यसैले बैलैमा सचेत रहन आवश्यक हुन्छ ।

जाडोयाममा बालबालिकालाई कसरी स्वस्थ राख्ने ? 

–जाडोयाममा बालबालिकालाई धेरै समस्या देखिने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ,  

–बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रूपमै न्यानो बनाएर राख्नुपर्छ, 



–रूघाखोकी लागेको मान्छेसँग घुलमिल हुन नदिने, 

–बासी तथा चिसो खानेकुरा नखुवाउने,



–चिसो चिज आइसक्रिम, जुस सकेसम्म खुवाउँदै नखुवाउने, 

–नियमितरूपमा उमालेको पानी पिउन दिने,

–बच्चालाई रूघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने,

–बच्चा बस्ने र सुत्ने कोठा सधै हावा आवतजावतमा सहज हुने हुनुपर्छ,

–कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने,

–घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निस्कनुपर्छ । जसले गर्दा चिसोबाट हुने समक्रमणबाट जोगिन सकिन्छ, 

–जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन,

–बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्छ । त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाइरहनुपर्छ 

–झोलीलो तातो बाक्लो दाल खुवाउँदा बालबालिका स्वस्थ हुन्छन् । र, शरीरलाई आवश्यक क्यालोरी पनि पर्याप्तरूपमा पाउँछन् । 

  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार ९:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया