एनआरएनए पूर्वउपाध्यक्ष लामाको अध्यक्षतामा समानान्तर संस्था युएनडिओ दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) विवादमा फसिरहेको बेला सो संस्थाजस्तै प्रकृतकिो अर्को संस्था दर्ता भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एनआरएनएको समानान्तर संस्थाका रूपमा ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (युएनडिओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गरेको छ ।

एनआरएनएका पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा युएनडिओ गठन भएको हो । २९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम युएनडिओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो ।

लामाले २०७८मा नेपाली मूलका विदेशी नागरिक मात्रै रहने गरी युएनडिओ दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । परराष्ट्रले उक्त संस्था दर्ता गर्न नमानेपछि लामाले गत १५ साउन २०८० मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सो रिटमा सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले युएनडिओ दर्ता गर्न आदेश दिएको थियो ।





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १९:४६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया