इमरान खानकी बहिनीविरुद्ध ‘राज्यविरोधी’ भाषणका लागि अनुसन्धान सुरु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानलाई संघीय अनुसन्धान एजेन्सी (एफआइए) ले ‘राज्यविरोधी’ भाषणको आरोपमा बोलाएको दि एक्सप्रेस ट्रिब्युनले बताएको छ । 

एफआइएले कथितरूपमा जनता र पाकिस्तानी सशस्त्र बलबिच ‘विभाजन सिर्जना’ गरेको आरोपमा अलिमाविरुद्ध अनुसन्धान सुरु गरेको छ र फेब्रुअरी ६ को बिहान ११ बजे (स्थानीय समय) उनलाई बोलाएको छ । 

एजेन्सीका सहायक निर्देशक अनुसन्धान एजाज अहमद शेखले जारी गरेको सूचनामा गृह मन्त्रालयलको अनुरोधमा एफआइए शाखा अधिकृतले अलिमाविरुद्ध अनुसन्धान सुरु गरेको बताइएको छ । एक्सप्रेस ट्रिब्युनले शनिबार दिएको जानकारीअनुसार सूचनामा अलिमालाई ‘आपराधिक षड्यन्त्र र राज्यविरोधी भाषणमार्फत जनता र सेनाबिच विभाजन सिर्जना गरेको’ आरोप लगाइएको र उनी इस्लामाबादमा एफआइएको मुख्यालयमा हाजिर हुनुपर्ने उल्लेख छ ।

उक्त सूचना पाकिस्तानको आपराधिक प्रक्रिया संहिता (सिआरपिसी) को धारा १६० अन्तर्गत जारी गरिएको थियो र अलिमाले सोधपुछमा आफ्नो उपस्थिति सुनिश्चित गर्नुपर्नेछ अन्यथा कानूनी कारबाही गरिनेछ भन्ने उल्लेख गरिएको थियो । अलिमालाई उक्त सूचना उहाँको लाहोरस्थित निवासमा प्राप्त भएको छ । 

इमरान खानकी बहिनीले कथितरूपमा समाजमा ‘डर र आतङ्क’ फैलाएको आरोपमा एफआइए साइबर अपराध शाखाले जारी गरेको बोलावटलाई बेवास्ता गरेको छ । 





  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार २२:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया