दुई संसदीय समितिको बैठक बस्दै
फाइल तस्बिर

दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ । जसअनुसार आज संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । 

बैठक आज दिउँसो १ बजेबाट सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे नै बस्नेछ । बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वयसम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुने बताइएको छ । 





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार ८:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया