फोडेनको ह्याट्रिकमा सिटीको जित, उक्लियो दोस्रो स्थानमा

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई ३–१ ले हराउँदै सिटी तेस्रो स्थानमा उक्लिएको हो ।  सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरे । 

खेलको २१ औं मिनेटमा निल माउपेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।  तर, पहिलो हाफको इन्जुरी समयमा फोडेनले गोल गर्दै बराबरीमा ल्याए । 

दोस्रो हाफको ब्रेकको ८ मिनेटपछि उनले दोस्रो गोल गरे । खेलको ७० औँ मिनेटमा फोडेनले नै गोल गर्दै जित सुनिश्चत गरे । जितपछि सिटीको २२ खेलबाट ४९ अंक भएको छ । 

२३ खेल खेलेको शीर्ष स्थानको लिभरपुलको ५१ अंक छ । पराजित ब्रेनफोर्ड भने तालिकाको १५‍औँ स्थानमा छ ।  





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार ७:८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया