सोनम भन्छन्– ‘३ इडियट्सको रेन्चोसँग म कनेक्ट छैन’

बलिउड अभिनेता आमिर खानको फिल्म ‘३ इडियट्स’ आइकोनिक फिल्ममध्ये एकमा पर्दछ । विद्यार्थीको जीवनमा आधारित रहेर निर्माण गरिएको यो फिल्म भारतमा मात्र नभइ विश्वभरका दर्शकले मनपराएका थिए । 

खास गरी चीन र दक्षिण कोरियामा आमिरको यो फिल्मलाई धेरै मनपराइएको थियो । फिल्ममा आमिरको प्रमुख भूमिका ‘रेन्चो’ आज पनि दर्शकको प्रिय छ । यो भूमिका वास्तविक जीवनका इञ्जिनियर, इनोभेटर र शिक्षामा बदलावका लागि काम गरिरहेका सोनम वांगचुकमा आधारित छ ।

रेन्चो त बिना शंका भारतीय फिल्मका सबैभन्दा आइकोनिक भूमिकामध्ये एक हुन्, तर के सोनमलाई पनि यो भूमिका त्यतिकै मनपर्छ त ? हालै एक अन्तर्वार्तामा सोनमले यो बारेमा खुलासा गरेका छन् । उनले आफूले फिल्म हेरेको र यसले दिएको सन्देश आफूलाई मनपरेको खुलाएका छन् । उनले आफू फिल्मको पात्रसँग ‘कनेक्ट’ नभएको बताएका छन् । उनले यसको कारण पनि दिएका छन् ।

‘म त के भनुँ, अरू कसैले भन्यो कि म फिल्ममा देखाइएको पात्रभन्दा धेरै सुन्दर छु । म कसरी उनीहरूसँग जोडिन सक्छु’, उनले भनेका छन् ।

राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म ‘३ इडियट्स’ सन् २००९ मा रिलिज भएको थियो । विधु विनोद चोपडाको प्रोडक्सनमा बनेको यो फिल्ममा आमिरका अलावा आर माधवन, शरमन जोशी र करिना कपुरको पनि अभिनय थियो ।





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार ८:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया