साताको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यसअघि अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

बढेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य पनि बढेको छ । नेपाली बजारमा आज अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रूपैयाँ बढेको हो । मूल्य बढेसँगै आज चाँदी प्रतितोला १४ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। 





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार ११:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया