आगलागी नियन्त्रणका लागि पूर्वतयारीमा जुट्यो विरानगर महानगर

सुक्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने भएकाले विराटनगर महानगरपालिकाले नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ । सम्बन्धित क्षेत्रमा समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो । 

यसका लागि मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले विराटनगरस्थित सनसारी माईस्थानमा डिप बोरिङ जडान गरेको छ । बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानमा डिप बोरिङ जडान गरिएको मेयर कोइरालाले बताए । 

बजार क्षेत्रमा आगलागी भएमा दमकलमा पानी भर्न मुख्य बजार क्षेत्रभन्दा केही पर पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता छ । ‘पुष्पलाल चोकमा पानी भरेर आएको दमकल पानी सकिएपछि फेरि भर्न पुष्पलाल चोक नै पुग्नुपर्थ्यो,’ मेयर कोइरालाले भने, ‘अब बजार र दक्षिणी क्षेत्रमा लागलागी भएमा पानी सकिने बित्तिकै सनसारी माईस्थानमा आएर दमकलले पानी भर्नेछ र घटनास्थलमा पुग्नेछ । यसबाट आगलागी नियन्त्रण गर्न निकै सहज हुनेछ ।’ 

अन्य क्षेत्रमा पनि डिप बोरिङ जडान गरिने मेयर कोइरालाले बताए । यसअघि पुष्पलाल चोक र महानगर परिसरमा मात्रै डिप बोरिङ जडान गरिएको थियो ।

पुष्पलाल चोकको डिप बोरिङबाट ५ हजार लिटरको दमकमल भर्न ५ मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । 

बजार क्षेत्रमा आगलागी हुँदा दमकलमा पानी भर्न निकै समस्या भएकाले सनसारीमाईस्थानको खाली जमिनमा डिप बोरिङ जडान गरिएको पौडेलले जानकारी दिए ।



बजार क्षेत्रमा लागलागी भएमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यताका कारण बढी क्षति हुने गरेको थियो । अब बजार क्षेत्रलाई लक्षित गरेर डिप बोरिङ जडान गरिएकाले आगलागी नियन्त्रण गर्न सहज हुने मेयर कोइरालाको भनाइ थियो ।

महानगरले विराटनगर–१४ मा पनि डिप बोरिङ जडान गर्ने तयारी गरेको जनाएको छ । 



  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार १२:१८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया