विराट र अनुष्कालाई दोस्रो सन्तानका रूपमा पुत्रलाभ

भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई दोस्रो सन्तानका रूपमा पुत्रलाभ भएको छ । मंगलबार राति अनुष्का र विराटले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत् यसबारे जानकारी गराएका हुन्। 

ुअपार खुसी प्रेमका साथ हामी जानकारी गराउन चाहन्छौँ कि यही १५ फेब्रुअरीमा हाम्रो दोस्रो सन्तान र वामिकाको भाइ अकायको जन्म भएको छ,’ उनीहरूले लेखेका छन्, ुहामी जीवनमा सुन्दर पलहरू आऊन् भनेर तपाईंहरूको आशीर्वाद र शुभकामना चाहेका छौँ। अनि हाम्रो निजी जीवनको सम्मान गरिदिन पनि अनुरोध गर्छौं।’

अनुष्का र विराटका पहिलो सन्तान वामिकाको जन्म २०२१ जनवरीमा भएको थियो। तर उनीहरूले अहिलेसम्म आफ्नी छोरीको तस्बिर सार्वजनिक गरेका छैनन्।

पछिल्लो समय अभिनेत्री अनुष्काले फिल्म ‘चकदा एक्सप्रेस’को छायांकन सकेर बसेकी थिइन् । गर्भवती भएयता उनले फिल्म गरेकी छैनन् । 

अनुष्का र विराटले सन् २०१७ डिसेम्बर ११ मा इटालीमा पुगेर विवाह गरेका थिए।





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार २१:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया