मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, एकजना घाइते
फाइल तस्बिर

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका–१ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको प्रहरीको भनाइ छ । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार माझीको मृत्यु भएको हो । मोटरसाइकल चालक २६ वर्षीय राहुल माझी घाइते भएका छन् ।

उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

 
 





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १०:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया