‘रामधुनी मन्दिरमा नियमित पूजा रोकिएको छैन’

सुनसरीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिरमा नियमित पूजा भइरहेको छ । रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले शनिबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मन्दिरमा तालाबन्दी नभएको स्पष्ट पारे । 

पत्रकार सम्मेलनमा रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालसहितको उपस्थिति रहेको थियो । 

रामधुनी मन्दिरमा पूजा नरोकिएको रामधुनी नगर प्रमुख चौधरीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले मन्दिरको अवलोकन र अनुगमन गरी सरोकारवाला पक्षसँग छलफल गर्दा मन्दिरमा पूजा नरोकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १०:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया