जोर्डनका राजाले भने- ‘रमजानको समयमा गाजा द्वन्द्व विस्तार हुनेछ’

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले रमजानमा गाजामा जारी युद्धले द्वन्द्वलाई विस्तार गर्नसक्ने चेतावनी दिएका छन् ।

राजा अब्दुल्लाले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बाससँग अम्मानमा भएको बैठकमा उक्त टिप्पणी गरेका हुन् । जसमा उनले गाजामा तत्काल र स्थायी युद्धविराममा पुग्न र निर्दोष नागरिकको रक्षा गर्न अधिकतम प्रयास गर्न आह्वान गरे । 

राजा द्वितीयले गाजाका जनतालाई जोर्डनले मानवीय, राहत र चिकित्सा सहायता उपलब्ध गराउन जारी राख्ने बताए । उनले जोर्डनले वेस्ट बैंक र गाजा पट्टीलाई अलग गर्ने कुनै पनि प्रयासलाई अस्वीकार गरेको दोहोर्याए । 

राजा द्वितीयले दुई राज्य समाधानमा आधारित प्यालेस्टाइन मुद्दाको न्यायोचित समाधान खोज्न अरब समन्वयलाई निरन्तरता दिन आग्रह गरे ।  प्यालेस्टाइनी राष्ट्रपति अब्बासले आफ्नो पक्षको लागि, हमास–इजरायल द्वन्द्वमा जोर्डनको दृढ अडानको लागि प्रशंसा व्यक्त गरे । 





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार १०:४२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया