वाफ महिला च्याम्पियनसिप : नेपाल र जोर्डनबीच फाइनल

वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र जोर्डनबीचको फाइनल खेल सुरु भएको छ । 

साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी रंगशालामा खेल ९ः४५ बजे सुरु भएको हो । नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको छ । यस्तै जोर्डन पनि वाफ च्याम्पियनसिपको उपाधिमाथि दोहोरो ह्याट्रिक गर्ने उद्देश्यका साथ खेल्दै छ । 

वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो । जोर्डनले भने पाँचपटक उक्त उपाधि जितिसकेको छ । नेपालले फाइनल खेलमा मुख्य खेलाडी सावित्रा भण्डारीलाई गुमाएको छ । सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेंगाम्पमा अनुबन्ध भएका कारण आजै फ्रान्स प्रस्थान गरेकी छिन् ।
 
यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले  हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन  प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ । 

नेपाली टोलीमा गोलकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् । डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, विमला विक, अमृता जैशी, निशा ठोकर, समीक्षा घिमिरे, पूजा राना र सविना चौधरी छन् । 

यस्तै, मिडफिल्डरमा अनिता बस्नेत, अमीषा कार्की, अनिता केसी, प्रिती राई, दीपा शाही, विमला चौधरी र सरस्वती हमाल तथा फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ र सविता रानामगर छन् ।





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार २२:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया