७४औं  मिनेटमा जोर्डनले फर्कायो बराबरी गोल

पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा नेपालविरुद्ध जोर्डनले बराबरी गोल फर्काएको छ । 

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमायसअघि नेपालका लागि खेलको २९ औँ मिनेटमा सविता राना मगरले गोल गरेकी थिइन् । खेलको ७४औं  मिनेटमा जोर्डनले गोल गरेको हो ।

सविताले २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो ।

जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले हालसम्म पाँचपटक प्रतियोगिताको उपाधि जितेको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार २३:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया