आज देशका धेरै स्थानमा वर्षाको सम्भावना, सोमबारबाट मौसममा सुधार आउने
काठमाडौं, फाइल तस्बिर

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर मौसम बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

आज बिहान देशभर मौसम सामान्य बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरको मैसम सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । 

साथै, बाँकी भू–भागको थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

आइतबार राती देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण हिजो र आज देशका धेरै स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । शनिबार सबैभन्दा धेरै जुम्लामा १६ दशमलव १ मिलिमिटर वर्षा मापन भएको छ ।



यस्तै, डडेल्धुरामा ११ दशमलब ६ र धनगढीमा १० मिलिमिटर वर्षा भएको छ । सोमबारबाट भने क्रमिकरूपमा मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । 



  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार ७:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया