म्यानचेस्टर डर्बीमा सिटीको पुनरागमन जित
फाइल तस्बिर

इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडविरुद्ध पुनरागमन जित निकालेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडविरुद्ध सिटीले ३–१ को पुनरागमन जित निकालेको हो ।    

सिटीलाई घरेलु मैदानमा जित दिलाउनेक्रममा फिल फोडेनले दुई तथा एर्लिङ हालान्डले एक गोल गरे । खेलमा युनाइटेडले अग्रता लिए पनि उसले त्यसलाई जोगाउन सकेन ।

खेलको आठौँ मिनेटमा मार्कस रासफर्डले युनाइटेडलाई अग्रता दिलाएका थिए । सिटीले ५६औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्यायो । उसका लागि पहिलो खेल फोडेनले गरे ।

८०औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । इन्जुरी समयको पहिलो मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई ३–१ ले खेल जित्यो । यो जितपछि सिटीको २७ खेलमा ६२ अंक भएको छ । ऊ अहिले अंक तालिकाको दोस्रो स्थानमा छ ।

शीर्षमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अंक छ । पराजित युनाइटेड २७ खेलमा ४४ अंकसहित छैटौँ स्थानमा छ ।





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ६:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया