डिभोर्सबारे लेख्ने म्यागजिनलाई प्रियंकाले मुद्दा हाल्ने

एजेन्सी– केही दिन अगाडिमात्रै बलिउड नायिका प्रियंका चोपडा र निक जोनसको डिभोर्सको खबरले निकै चर्चा पायो । अमेरिकी म्यागाजिन ओकेले उनीहरुको बिहेकाे केही महिनामै सम्बन्धमा खटपट भएको र डिभोर्सको तयारी गरिरहेको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो । 

 प्रियंकाले म्यागजिनले लेखेजस्तो सम्बन्ध नबिग्रिएको बताउँदै म्यागजिनमाथि मानहानीको मुद्दा हाल्ने बताएकी छन् । 

इन्टरटेनमेन्ट वेभसाइट बलिउड लाइफको खबरअनुसार प्रियंकाकाे लिगल टिमले न्युज मेनुफ्याक्चरिङ ट्याब्लोइडसँग कुरा गरेर आफ्नो समाचार गलत रहेको भन्दै माफी माग्न लगाउनेछ, यदि उक्त म्यागजिनले गल्ती नस्वीकारे मानहानीको मुद्दा हाल्ने तयारीमा प्रियंका रहेकी छन् । 

म्यागजिनले प्रियंका बच्चा जस्ती भएको र निकप्रति कन्ट्रोलिङ नेचर देखाएकाले परिवार उनीप्रति असन्तुष्ट रहेको भन्दै समाचार प्रकाशित गरेको थियो । 





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १२:७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया