नवनियुक्त खेदकुदमन्त्रीको दाबी : सबैले थाहा पाउने गरी काम गर्छु

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने दाबी गरेका छन् । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विस्तारित मन्त्रिमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा वर्गका समस्यालाई प्राथमिकतामा राखेर खेलकुद मन्त्रालयलाई अगाडि बढाउने बताए । 

उनले मन्त्रालयले सबैले थाहा पाउने गरी काम गर्ने उल्लेख गरे । ‘यो मन्त्रालय कुनामा मौन बसेको मन्त्रालय हो । अब यो मन्त्रालयले आवाज बुलन्द गर्छ । देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँछ,’ मन्त्री श्रेष्ठले भने ।

युवा वर्गमा देखिएको चरम निराशालाई चिरेर युवाको मानसिक स्वास्थ्यसँग जोडिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका उनले सबैसँग मिलेर सहकार्य गर्ने बताए । रास्वपाको संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले पहिलोपटक संघीय मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । 

काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका ४२ वर्षीय श्रेष्ठ यसअघि बागमती प्रदेशको प्रदेश सांसदको भूमिकामा थिए ।  





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १०:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया