टुँडिखेलमा यसरी मनाइयो सेना दिवस [तस्बिरहरू]

नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा आज काठमाडौंको टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति दिएको हो । 

सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्प गुच्छा अर्पण, प्याराग्लाइडिङ, संयुक्त राष्ट्रसंघमा शान्ति सेनाले विद्रोहीबाट उद्धार गर्नेलगायतका विविध आकर्षक प्रस्तुति गरेको थियो । साथै मित्रराष्ट्र भारत, अमेरिका र बेलायतका व्याण्ड टोलीको पनि प्रस्तुति रहेको थियो । 

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरूलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतका उच्चपदस्थ पदाधिकारीहरूको सहभागिता रहेको थियो ।





 

  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १४:०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया